ब्यापारी पवन संघाईको अपहरण संलग्न रहेको अभियोगमा नेपाल सद्भावना पार्टी आनन्दीदेवीका अध्यक्ष एवं सभासद् श्यामसुन्दर गुप्तालाई प्रहरीले भैरहवास्थित उनको निवासबाट पक्राउ गरेको छ ।
छोराको बिहेको तयारीका लागि घर पुगेका गुप्तालाई प्रहरीले सोमबार अपरान्ह करिव ४ बजेतिर नियन्त्रणमा लिएको रुपेन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ रेग्मीले जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरि काठमाण्डौ ल्याउन लागेको बताइएको छ ।
हेटौंडाबाट आइतबार समातिएका दुईजना व्यक्तिले व्यापारी सांघाईको अपहरणमा गुप्ताको समेत संलग्नता रहेको बयान दिएका थिए । यही आधारमा उनलाई पक्राउ गरिएको र यसबारे सभामुखलाई समेत जानकारी गराइएको प्रहरी स्रोतले जानकारी दिएको छ । सभासदलाई पक्राउ गर्दा त्यसबारे सभामुखलाई जानकारी दिनुपर्ने नियम छ । पक्राउबारे औपचारिक पत्र भने भोलीमात्र पठाइने छ ।
ब्यापारी संघाई २१ दिनसम्म अपहरणकारीको नियन्त्रणमा रहेपछि करिव ५ करोड फिरौती तिरेर रिहा भएका थिए । पक्राउ परेका गुप्ता पूर्व आपूर्तिमन्त्रीसहेत हुन् । दलको आधिकारिता बिबादमा उनको सभासद पद खारेजी भएपनि केही समयअघि सर्वोच्च अदालतले उनको पद फर्काइदिएको थियो ।
No comments:
Post a Comment