सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, January 24, 2012

बेग्ला बेग्लै दुर्घटनामा तीनको मृत्यु

१० माघ, नवलपरासी ।
 पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मुकुन्दपुरमा गएराति भएको यात्रुबस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
लु.१ ख ६९०८ नम्बरको बस एक्कासि सडक छेउमा पल्टँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको परासी प्रहरीले जनाएको छ । मृत्यु हनुेमा बस चालक बुटवल शंकरनगरका नारायणप्रसाद पन्थी छन् । अर्का मृतकको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा बसमा सवार नौ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको स्थानीय अस्पताल र केहीको चितवनस्थित भारतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भई बस पल्टिएको प्रहरीले अनुमान गरेको छ ।
उता तेह्रथुमको जिरिखिम्ती-८ जंगेखोलामा आज बिहान निजी कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । मे.१ च ६९५ नम्बरको सेन्ट्रो कार बिहान चारबजेको समयमा दुर्घटना हुँदा कारचालक झापा अनारमनी-४ का ३२ वर्षीय लोकनाथ पाठकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते तेह्रथुम याङसिलाका भूपाल बुढाथोकीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । तीव्र गतिका कारण कार दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

No comments:

Post a Comment