सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 8, 2012

संसदमा सत्तारुढ र प्रतिपक्षी दलहरुको जुहारी

२४ पुस, काठमाडौं । व्यवस्थापिका- संसदमा सत्तारुढ माओवादी र कांग्रेस, एमाले सभासदहरुबीच आरोप प्रत्यारोप चलेको छ । कांग्रेस, एमाले लगायतका दलका सभासदहरुले माओवादीले सातबुँदे सहमति अनुसार शान्ति प्रक्रिया अघि नबढाएको आरोप लगाएका छन् भने माओवादी सभासदहरुले कांग्रेसले संविधान निर्माण प्रक्रिया अड्काएको बताएका छन् ।
बैठकको सुरुमै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सातबुँदे सहमतिको कार्यान्वयन नभएको तथा सेना समायोजन र हतियार व्यवस्थापनमा सरकार र माओवादी गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले शान्ति प्रक्रियालाई ठोसरुपमा अगाडि बढाएर संविधान निर्माण समयसीमाभित्र पूरा गर्न सातबँुदे सहमतिलाई अक्षरशः पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो । नेता पौडेलले शान्ति र संविधानप्रति गम्भीर अविश्वास पैदा भएको भन्दै माओवादी अध्यक्ष र प्रधानमन्त्रीले सदनमा आई यस विषयलाई स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।

एमालेका रघुविर महासेठले सरकार कानुनी शासनको धज्जी उडाउँदै स्वेच्छाचारी ढङ्गले अगाडि बढेको आरोप लगाउनुभयो । उहाँले शान्ति र संविधान निर्माणमा माओवादी पार्टी र सरकार गम्भीर नदेखिएको बताउँदै सबै पार्टीले शान्ति र संविधान निर्माणमा ध्यान दिनुपर्ने आग्रह गर्नुभयो ।
माओवादी सभासद जनार्दन शर्मा प्रभाकरले संविधान निर्माण कार्यबाट नेपाली कांग्रेस पछाडी हटेको बताउनुभयो । यथास्थितिवादी संविधान बनाउन आˆनो पार्टीले नचाहेको बताउँदै काँग्रेसले शासकीय स्वरुपमा पूर्व सहमतिबाट पछाडि हटेर संविधान निर्माणमा व्यवधान हालेको आरोप लगाउनुभयो । उहाँले लडाकूलाइए अँध्यारो कोठामा धकेलेर शान्ति प्रक्रिया पूरा नहुने बताउँदै समायोजनमा जानेलाई कुन पद र हैसियत हुने हो पहिले नै स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

No comments:

Post a Comment