२७, पुस, काठमाडौं ।
एकीकृत नेकपा माओवादीका नेता शक्ति बस्नेतले डा. बाबुराम भट्टराई नेतृत्वकै सरकारलाई पुर्नगठन गरेर उपाध्यक्ष मोहन बैद्य किरण पक्षलाई सरकारमा सहभागी गराउने तयारी भइरहेको बताउनु भएको छ ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड निकट रहेका नेता बस्नेतले भन्नुभयो-’बैद्यजीहरुको सरकार प्रतिको आक्रमकता पनि अहिले घटेको छ यो पुर्नगठनकै प्रयास हो ।’ भट्टराईको राजिनामाको अहिले कुनै आवश्यकता नभएको भन्दै सरकार परिवर्तन नहुने दावी समेत गर्नुभयो ।
पार्टी भित्रको अन्तद्धन्द्धले शान्ति प्रक्रियामा कुनै असर नपरेको दावी गर्दै उहाँदे कांग्रेसको हटले शान्ति प्रक्रिया अबरुद्ध भएको आरोप लगाउनु भयो ।
कांग्रेसले संविधान निर्माणको कार्यतालिका परिवर्तन गराएपछि शान्ति प्रक्रिया टुङग्याएर संविधान निर्माण नगर्ने षड्यन्त्र भइरहेको आशंका भएको भन्दै उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणकोकार्यलाई सँगसँगै अगाडि बढाउन माओवादी तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’संविधान निर्माण कार्यतालिकासँग सँगै शान्ति प्रक्रिया अगाडि बढाउन हामी तयार थियौं । संविधानको प्रारम्भिक ड्राफ्ट बनाउने र शान्ति प्रक्रिया पनि एउटा निश्चित विन्दुमा पुर्याउनु पर्छ ।’
No comments:
Post a Comment