२७ पुस काठमाण्डौ ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट उपाध्यक्ष वैद्य पक्षलाई सरकारमा सामेल गराउने विषयमा पार्टीका वरिष्ठ नेता तथा सरकारका वरिष्ठ मन्त्रीहरुसंग छलफल शुरु गर्नु भएको छ ।
नयाँ बजारस्थित आफ्नै निवासमा वुधवार प्रचण्डले वैद्य पक्षलाई सरकारमा सामेल गराउने विषयमा पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा वावुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ लगायतका नेताहरुसंग छलफल गर्नुभएको हो । उपाध्यक्ष वैद्यसंग बढेको मतभेदलाई तत्कालका लागी अन्त्य गरेका प्रचण्डले वैद्य पक्षलाई सरकारमा सहभागी गराउने प्रयास थाल्नु भएको हो ।
उपाध्यक्ष वैद्य पक्षलाई सरकारमा कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा अध्यक्षले आफूहरुसंग छलफल गरेको परराष्ट्रमन्त्री समेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । सम्मानजनक शान्ति प्रक्रिया र जनसंविधान बनाउने वैद्यसंगको सहमतिपछि प्रचण्ड सरकारको पुर्नगठन गरी वैद्य पक्षलाई सहभागी गराउनुपर्ने पक्षमा देखिनु भएको छ ।
No comments:
Post a Comment