सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, January 6, 2012

माओवादी हेडक्वाटर हान्ने कट्वालको यस्तो योजना

२२ पुस, काठमाण्डौ ।
 माओवादी अध्यक्ष प्रचण्डले पटक पटक सार्वजनिक कार्यक्रममा भन्छन- मेरो ज्यानमाथि खतरा छ ।’ यस्तो खतरा आफुलाई कोबाट छ भन्ने बिषयमा भने प्रचण्डले नबताएपनि उनकै पूर्व प्रेस सल्लाहकार ओम शर्मा सम्पादक रहेको जनआह्वानले त्यसको खुलासा गरेको छ ।
प्रचण्डले पटकपटक औंल्याउँदै आएको सुरक्षा खतरा सहि रहेको भन्दै पत्रिकाले अगाडी लेखेको छ-’तत्कालीन भारतीय राजदूत शिवशंकर मेनन र अनमिन प्रमुख इयान मार्टीनले नरोकेको भए अहिले पेसिडाँडामा अध्यक्षलाई सत्तोसराप गर्ने अबसर २०६४ चैत्र १६ मै सकिने रहेछ ।’
त्यस्तो सुरक्षा खतरा अरु कोहीबाट नभएर तत्कालीन प्रधान सेनापति रुक्माङ्गद कटवालबाट रहेको भन्दै पत्रिकाले सेनापति काण्डमा नभई संबिधानसभा चुनाव अघि नै रक्माङ्गदले माओवादी हेडक्वाटर ध्वस्त पार्ने योजना बनाएको दावी गरेको छ ।

मुलुकमा संबिधानसभाको माहौल बनिरहेको थियो । २०६४ चैत १६ गते बिहान १० बजे तत्कालिन सेनापति रुक्माङ्गद कटवालले एकाएक सिंहदरवार परिसरमा भैरवनाथ गणबाट रेन्जर फोर्स र थप सैनिकहरु एलर्ट गराए । एलर्ट गराउनुको कारणबारे तत्कालिन सैनिक अधिकारीलाई कटवालले भने- बुद्धनगरस्थित माओवादी हेडक्वाटर उडाइदिऔं । यसरी कटवालले हेडक्वाटर उडाउने आदेश दिइरहँदा प्रचण्ड पनि कार्यालयमै थिए । स्रोतका अनुसार कटवालले एम १६ सहितका ३ हजार सैनिकलाई अर्लटमा राखेका थिए ।

शान्ति प्रकृया भाँडने उदेश्यसहित प्रधानमन्त्री गिरिजाप्रसाद कोइुरालालाई समेत जानकारी नदिई आक्रमणको योजना बनाएपनि योजना गोप्य रहन सकेन् । एक सैनिक अधिकारीबाटै तत्कालीन अनमिन प्रमुख इयान मार्टिनसम्म सुचना चुहियो, मार्टिनले भारतीय राजदूत शिवशंकर मेननलाई फोन गरे । मेननले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई फोन गरि माओवादी हेडक्वाटरमा नेपाली सेनाको हमला हुन थालेको खवर गरिदिए । सिंहले कट्वाललाई फोन गरि पछि हट्न चेतावनी दिएपछि बल्ल कट्वाल पछि हटेको पत्रिकाको दावी छ ।

No comments:

Post a Comment