सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 22, 2012

शसस्त्र डिआईजीद्धारा श्रीमतीको हत्या गरेको स्वीकार

८ माघ, काठमाडौं । शसस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । थानकोटबाट पक्राउ परेका कोइरालाले हनुमानढोका प्रहरीसँगको बयानमा आफैले घाँटी थिचेर श्रीमतीको हत्या गरेको स्वीकार गरेका हुन् ।
हत्या स्वीकार गरेपछि प्रहरीले जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ । बयानपछि डिआईजी कोइरालालाई आइतबार अपराहृन करिव साढे ३ बजे जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।
केही दिनदेखि वेपत्ता भएकी जेठी श्रीमती गीता ढकालको शव मकवानपुरको पालुङमा फेला परेपछि अपराध अनुसन्धान बिभागले कोइरालालाई आइतबार विहान थानकोटबाट पक्राउ गरेको हो । गीताको शव भेटिएको स्थानमा कोइराला पुगेको पत्ता लागेपछि नियन्त्रणमा लिएको प्रहरी उच्च श्रोतले जनाएको छ ।
आफ्नी छोरी वेपत्ता बनाएको भन्दै ससुरा हरेराम ढकालले गत पुस २९ मा महाराजगञ्ज प्रहरी बृत्तमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले केही दिनअघि उनीसँग बयान पनि लिएको थियो । बयानका क्रममा कोइरालाले गीतासँग झगडा भएको स्वीकार गरेपनि वेपत्ता पार्नुमा आफ्नो हात नरहेको दावी गरेका थिए ।

नेपाल सरकारको तर्फबाट चीनमा एक बर्षे डिफेन्स कोर्स गरिरहेका डिआईजी कोइराला केही दिनअघिमात्र नेपाल आएका थिए । उनको गत आइतवार नै चीन फर्किने कार्यक्रम रहे पनि ससुराको जाहेरीपछि रद्द गरिएको थियो ।
कोइरालाले जेठीपट्टीका छोरालाई पुस २६ गते जवरजस्ती लगेको र त्यसको भोलीपल्टै गीता हराएको माइतीपक्षले जाहेरी दिएको छ । सम्बन्ध बिगि्रएपछि ६ बर्षदेखि छुट्टै बस्दै आएका कोइराला कान्छी श्रीमतिसँग बस्दै आएका छन् । जेठी श्रीमतिका तर्फबाट दुई छोरा रहेका कोइरालाको छोराकै बिषयमा झगडा भैरहन्थ्यो ।

No comments:

Post a Comment