सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, January 24, 2012

गरिब र विद्यार्थीलाई पेट्रोलियम पदार्थमा सहुलियत दिइन्छः प्रधानमन्त्री


१० माघ, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले  गरिब तथा राजधानीमा डेरा लिएर पढ्न बसेका विद्यार्थीका लागि पेट्रोलियम पदार्थको मूल्यमा विशेष सहुलियतको व्यवस्था गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
राष्ट्रिय वाणज्यि बैंकको ४७ औँ वाषिर्कोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले त्यसका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार शान्ति, संविधान र सुशासन कायम गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री भट्टराईले सरकार युवा जनशक्तिको बढ्दो विदेश पलायन रोक्न प्रयासरत रहेको पनि बताउनुभयो ।
रस्वदेशमै रोगजारीको अवसर सिर्जना गरी युवा जनशक्ति विदेश पलायन हुने क्रम रोक्नका लागि विशेष योजना ल्याउन लागिएको जानकारी उहाँले दिनुभयो । मुलुकमा रोगजारीको अवसर नहुँदा युवाहरु कामको खोजिमा विदेशिने गरेको भन्दै प्रधानमन्त्रीले रोगजारीको अवसर सिर्जना गर्नका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
सरकारको मुख्य ध्यान शान्ति र संविधानमा केन्दि्रत गर्नुपरे पनि तीन खम्बे अर्थ नीतिअनुसार मुलुकको आर्थिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको प्रधानमन्त्रीको दाबी छ ।

No comments:

Post a Comment