सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, January 21, 2012

मूल्य बृद्धि फिर्ता नलिएसम्म १३ विद्यार्थी संगठनले आन्दोलन नरोक्ने

७ माघ, काठमाडौं ।
 १३ वटा विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने भएका छन् । नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका १३ विद्यार्थी संगठनको शनिबार बसेको बैठकले हालै बृद्धि भएको मूल्य फिर्ता लगायतका चारबुँदे माग पूरा नभएसम्म आन्दोलन नरोक्ने निर्णय गरेका छन् ।
विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा हालै बृद्धि भएको मूल्य फिर्ता हुनु पर्ने, दोहोरो मूल्य कायम गर्नु पर्ने, नेपाल आयग निगममा हुने भ्रष्टाचार तथा अनियमिता रोक्नु पर्ने र विद्यार्थीहरुलाई सहुलियत मूल्यमा पेट्रोलियम पदार्थ दिनु पर्ने माग अघि सारेका छन् ।
बैठकले भोलि सरकारी गाडी गुड्न नदिने, पर्सी आयल निगम घेराउ गर्ने लगायतका सम्पूर्ण कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष जागि्रत रायमाझीले जानकारी दिनुभयो । विद्यार्थी संगठनहरुले शनिबार अपराहृन चार बजे देशभर नै विरोध प्रदर्शनसहित कोणसभा गर्दैछन् ।

No comments:

Post a Comment