सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, January 20, 2012

शत्रुतापूर्ण सम्वन्धलाई एकतामा रुपान्तरण गरः माओवादी शीर्ष नेता

६ माघ, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले विगतमा रहेको शत्रुतापूर्ण सम्वन्धलाई एकतामा रुपान्तरण गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
ताम्सालिङ राज्य समितिको शुक्रबार भएको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष मोहन बैद्य किरण किरण, प्रधानमन्त्री एवं उपाध्यक्ष डा. बाबुराम भट्टराई र महासचिव रामबहादुर थापा बादलले एकस्वरमा शत्रुतापूर्ण सम्वन्धलाई एकतामा रुपान्तरण गर्न कार्यकर्तालाई निर्देशन दिनु भएको हो । विगतमा विचारको बहसलाई स्वीकार गर्न नसक्दा अराजकता जस्तो देखिएको नेताहरुको भनाई थियो ।
‘हामीले विचारको बहसलाई स्वीकार गर्न नसक्दा विगतमा अराजकता जस्तो देखिएको भन्दै तीन जना नेताले कार्यक्रममा एकताबद्ध हुन निर्देशन दिनु भएको छ’ सचिवालय सदस्य देवी खड्काले भन्नुभयो । भेलामा वरिष्ठ उपाध्यक्ष बैद्यले पनि आफूहरु पनि शान्ति र संविधानकै पक्षमा रहेको भन्दै त्यसविरुद्ध षड्यन्त्र भए विद्रोहमा जाने बताउनु भयो ।

माओवादीले शान्ति र जनपक्षीय संविधान निर्माणमा दलहरुलाई दबाव दिन भन्दै फागुन १ गते देशभरी नै आमसभा तयारी गरेको छ । त्यसको तयारीका लागि विभिन्न राज्य समितिको प्रशिक्षण जारी छ ।

No comments:

Post a Comment