सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, January 21, 2012

जनविद्रोहमा गए माओवादी समाप्त हुने गौतमको चेतावनी


७ माघ, पोखरा । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले शान्ति र संविधानबाट पछि हटेर जनविद्रोहमा गए माओवादी समाप्त हुने चेतावनी दिनु भएको छ ।
शान्ति प्रक्रिया र संविधान निर्माणबाट पछि हटेको हो वा होइन भन्ने टुङ्गो लगाउन माओवादीसँग अन्तिम वार्ताले गर्ने उहाँले बताउनु भयो । पोखरामा शनिबार आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले माओवादीले जनविद्रोहलाई कार्ययोजना बनाए जनतामाथि ठुलो धोका हुने बताउनु भयो ।
पार्टी एकताको नाममा उपाध्यक्ष मोहन वैद्यलाई खुशी पार्न जनसत्ताले गरेका निर्णयलाई वैद्यता दिने निर्णय गरिएको भन्दै उहाँले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई केटौलेको संज्ञा दिनुभयो ।
सरकार गठनसँगै मधेशीवादी दलहरुलाई दशैं र तिहार लागेको टिप्पणी गर्दै एमाले उपाध्यक्ष गौतमले प्रधानमन्त्री मधेशवादी दललाई फाइदा दिएर सरकार टिकाइरहने दाउमा लागेको आरोप लगाउनु भयो ।

No comments:

Post a Comment