सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 15, 2012

माओवादीको इज्जत रोल्पाले जोगाएको छः प्रचण्ड


१ माघ, रोल्पा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा रुकुमले आफ्नो पार्टीको इज्जत जोगाएको बताउनु भएको छ ।
रोल्पाको माडिचौरमा आइतबारदेखि सुरु भएको रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा समेत विदेशी देशका सरकार र राष्ल् प्रमुखले रोल्पाको बारेमा जिज्ञासा राखेको बताउनु भयो । ‘हाम्रो पार्टीको शान आधार क्षेत्रका जिल्लाहरुले जोगाइदिएका छन्’ उहाँले भन्नुभयो-’अब तपाईको ऋण हामी शान्ति, संविधान र विकासबाट चुक्त गछौं ।’
माओवादी अध्यक्ष प्रचण्डले युद्धकालमा देशका अन्य क्षेत्रका भन्दा यस क्षेत्रका जनताले धेरै दुःख पाएको भन्दै रुकम रोल्पाबाट पुनःनिर्माणको काम थाल्ने बताउनु भयो ।
अहिले दिएको विवादले पार्टी नफुट्ने भन्दै उहाँले भन्नुभयो-’हाम्रो पार्टीमा केही सैद्धान्चिक मतभेद भएपनि पार्टी फुट्ने तहसम्मको भने होइन ।’ शान्ति र संविधान निर्माण प्रकृयामा षड्यन्त्र भइरहेको भन्द, अध्यक्ष प्रचण्डले प्रति क्रान्तिकारीको योजना विफल बनाउन पार्टी एक ढिक्का भएर जाने पनि वताउनुभयो । विश्वले नै अहिले शान्ति र संविधान निर्माणलाई टुङ्गोमा पुर्‍याउने पार्टीका रुपमा माओवादीलाई हेरिरहेको भन्दै प्रचण्डले जनताको भावना सम्वोधन गर्ने संविधान निर्माण गर्ने वताउनुभयो ।

महोत्सवको उद्घाटन गर्न माओवादी अध्यक्ष प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन लगायतका माओवादी नेताहरु दुई बटा हेलिकोप्टरमा रोल्पा पुगेका थिए ।

No comments:

Post a Comment