सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 30, 2012

संघीयतामा ७५ वटा राज्य हुनुपर्छः देउवा

१६ माघ, चितवन ।
 नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकलाई संघीय ढाँचामा लैजाँदा ७५ वटा प्रान्त निर्माण गर्न सकिने धारणा व्यक्त गनुृभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा गरेको पत्रकार भेटघाटमा नेता देउवाले हाल कायम रहेका ७५ वटै जिल्लालाई एउटा-एउटा संघमा रुपान्तर गर्न सकिने बताउनुभएको हो । ७५ वटै जिल्लालाई एउटा संघ मान्ने हो भने राज्यपुनर्सरचनाका विषयमा हाल जारी किचलो अन्त्य हुने देउवाको दाबी थियो । ७५ वटै जिल्लामा आवश्यक भौतिक पूर्वाधारको समेत विकास भइसकेकाले राज्यले संघीय संरचना निर्माणमा थप व्यवभार व्यहोर्नु नपर्ने उहाँले बताउनुभयो ।
 ’सबैलाई भाग पनि पुग्ने, विदाद पनि अन्त्य हुने, कार्यालयहरु सबै तयारी अवस्थामा रहेकाले सरकारको खर्च पनि नहुने । संधै किचलो गरिरहनुभन्दा यो समस्या समाधानको एउटा विकल्प हुनसक्छ’ देउवाले भन्नुभयो । भावी शासकीय स्वरुप निर्धारण दर्गा संवैधानिक राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नर्ु राम्रो हुने देउवाको भनाइ थियो ।
नेता देउवाले माओवादीले सशस्त्र द्वन्द्वका बेला स्थानीय ‘जनसत्ता’ले गरेको घरजग्गासम्बन्धी लिखतलाई मान्यता दिने सरकारको निर्णय पूर्वसहमति र कानुनविपरीत रहेकाले खारेज हुनुपर्ने बताउनुभयो ।

अर्को एक बेग्लै प्रसंगमा उहाँले आफ्नो पार्टीमा जारी विदादको सम्मानजनक समाधान हुनुपर्ने विचार व्यक्त गर्नुभयो । पार्टीको भातृसंस्था विघटनसम्बन्धी निर्णयबाट सुरु भएको विवादका कारण पार्टी कार्यकर्तामा निराशा बने पनि सभापति सुशील कोइराला विवाद समाधान रगी पार्टीलाई एकढिक्का बनाउन अग्रसर नभएको देउवाको आरोप थियो ।

No comments:

Post a Comment