न्युयोर्क ।
जर्जिया राज्यको एटलान्टास्थित डेक्लाब काउन्टीस्थित वीपी ग्याँस स्टेशनमा कार्यरत दामोदर पाठकको हत्या भएको छ । ३९ बर्षिय पाठकको ९ जनवरी अर्थात सोमबार राति ११ बजे अपराधि समूहले गोली हानी हत्या गरेका हुन् ।
ग्याँस स्टेशन (स्टोर)मा राखिएको भिडियो क्यामेराबाट हेर्दा रातीको करिव साढे ११ बजे दुइ जना व्यक्ति स्टोरभित्र छिरेका र तिनै व्यक्तिहरुले रजिष्टर्डबाट नगद लुटेका थिए ।
पाठकमाथि तिनै लुटेराहरुले गोली प्रहार गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै जर्जियाको स्थानीय टेलिभिजनले जानकारी दिएको छ । पाठकको छातीमा गोली लागेको र पाठकलाई स्थानीय अस्पताल पुर्याउँदा पाठकको निधन भइसकेको स्थानीय अस्पतालले जानकारी गराएको थियो ।
पाठक विगत चार वर्षदेखि सोही स्टोरमा कार्यरत थिए ।
No comments:
Post a Comment