सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, January 3, 2012

भारतीय कम्पनी युटिएल बन्द गर्न सरकारलाई सिफारिस

१९ पुस, काठमाण्डौ ।
 भारतीय लगानीमा नेपाल टेलिफोन सेवा संचालन गरिरहेको युटिएलले करिव ९५ करोड रोयल्टी तिर्न अटेर गरेपछि नेपाल दुरसंचार प्राधिकरणले कम्पनी बन्द गर्न सरकारलाई पत्र पठाएको छ ।
प्राधिकरणले सो कम्पनी बन्द गराउन तथा रोयल्टी असुल उपर गर्न संचार मन्त्रालयमार्फत गृह र अर्थ मन्त्रालयलाई पठाएको आजका सवैजसो पत्रपत्रिकामा छापिएका छन् ।
यसअघि राजाको शासनकालमा सरकारलाई तिर्नुपर्ने करिव १९ करोड रोयल्टी मिनाहा गरिएको भएपनि २०६२ साल यताको रोयल्टी सरकारले मिनाहा गर्न मानेको छैन भने युटिएलले पनि तिर्न मानेको छैन् । भारतले पटक पटक रोयल्टी मिनाहाका लागि दबाब दिएपनि सरकारले मिनाहाको निर्णय गर्न सकेको छैन् ।
पछिल्लो समय भारतसँग बिप्पा सम्झौता भएपनि सम्झौता लागू हुनुभन्दा पहिलेको घटनाले त्यसलाई आर्कषिर्त नगर्ने भएकाले कानुनीरुपमा रोयल्टी मिनाहा गर्न नमिल्ने समाचारमा उल्लेख छ ।
युटिएलका ५ लाख ८८ हजार ग्राहक रहेका छन् ।

No comments:

Post a Comment