२२ पुस, काठमाडौं ।
नेपाली कांग्रेससहित विपक्षी दललले माओवादीले बन्दुकको छायाँमा नयाँ संविधान बनाउन खोजेको आरोप लगाएका छन् । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर कांग्रेस, एमाले लगायतका दलका सभासदहरुले अपेक्षाकृतरुपमा शान्ति र संविधानका काम अघि बढ्न नसकेको भनी सरकार र माओवादीको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले शान्तिप्रक्रियासँग सम्बन्धित काम अपेक्षाकृत रुपमा अघि नबढेको तथा माओवादीभित्रैबाटै अन्योल सिर्जना गरिएको विषयमा संसदमा स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । गत कात्तिक १५ गतेको सातबुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै उहाँले माओवादीले बन्दुकको छायाँमा नयाँ संविधान बनाउन खोजेको बताउनुभयो । प्रधानमन्त्री स्वयम् संयोजक रहेको सेना समायोजन विशेष समितिले गरेका निर्णय र कार्यातालिका कार्यान्वयनमा माओवादी सेनाका कमान्डरबाट अवरोध हुने गरी एकपक्षीय रुपमा नयाँ’नयाँ माग आएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।एमाले सभासद् रवीन्द्र अधिकारीले सेना समायोजनको तालिकाअनुसार प्रक्रियाको थालनी किन रोकियो, स्वेच्छिक अवकाशमा जानेका लागि किन रकम आएन नि प्रश्न गर्नुभयो ।
उहाँले माओवादीले अहिले दर्जाको माग तेस्र्याउनु सातबुँदे विपरीत भएको बताउनु भयो । उहाँले प्रश्न गर्नुभयो-’माओवादीले आˆनो सरकार भएमा शान्ति र संविधान पुरा हुने बताउँदै आएको सन्दर्भमा पनि किन काम अघि बढ्न सकेन ?’ प्रधानमन्त्री गम्भीर नहुने हो भने उहाँलाई पदमा बसिरहने नैतिकता बाँकी नरहेको अधिकारीको भनाई थियो ।
No comments:
Post a Comment