सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 2, 2012

टि्वटरमा दोश्रो विश्व युद्ध लाइभ

सन् १९३९ देखि १९४५ सम्म चलेको दोश्रो विश्वयुद्ध पूरानो इतिहास बनिसकेको छ । युद्ध भोग्नेको सम्झनामा समेत घटनाक्रम विस्मृत हुँदै गएका छन् भने किताब पढेर युद्धको बारेमा जानकारी पाउनेहरुका लागि त दोश्रो विश्वयुद्धका घटना ताजा हुने कुरै भएन । तर बेलायतका एक विद्यार्थीले भने दोश्रो विश्वयुद्धका घटनाक्रमलाई ताजा बनाइरहेका छन् । त्यो पनि टि्वटरको माध्यमबाट लाइभ ।
अक्सफोर्ड विश्वविद्यालयमा पढ्ने विद्यार्थी अल्विनले द्धितिय विश्वयुद्धका हरेक घटनाक्रमलाई उहीँ दिन र समय पारेर निरन्तर टि्वटरमार्फत अपडेट गरिरहेका छन् । द्धितिय विश्वयुद्धमा जुन घटना जुन समयमा घटेका थिए उहीँ समयमा ती घटनाबारेको जानकारी अल्विनले आफ्नो टि्वटरमा पोष्ट गर्ने गरेका छन् । दोश्रो विश्वयुद्धका बारेमा मान्छेहरुलाई धेरै कुरा थाहा नभएकाले आफुले टि्वटरमार्फत सबै कुरा सार्वजनिक गरिरहेको उनी बताउँछन् ।

अल्विनले गएको अगष्टदेखि दोश्रो विश्व युद्ध अभियान सुरु गरेका हुन् । पोल्याण्डमाथि जर्मनीको कब्जासँगै सुरु भएको दोश्रो विश्वयुद्धलाई उनले सोही अनुरुप आफ्नो टि्वटरमा पोष्ट गरेका थिए । उनले टि्वटरमा केही महत्वपूर्ण चिठीपत्र, युद्धबारे अप्रकाशित जानकारी, तस्वीर तथा रोचक खबरहरु समेत पोष्ट गर्ने गरेका छन् ।
रियल टाइम वल्र्ड वार टू नामको उनको टि्वटर अकाउण्टमा दोश्रो विश्वयुद्धका घटनाक्रमहरु पलपलमा ब्रेकिङ न्युजको रुपमा पोष्ट हुने गर्छन् । उनको टि्वटर अकाउण्टको अहिलेसम्म १ लाख ८० हजार जना प्रशसक बनिसकेका छन् ।

No comments:

Post a Comment