सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 2, 2012

जन्मियो, दुइ टाउके बिरालो !

केही दिन पहिले ब्राजिलमा दुइवटा टाउको भएको बच्चा जन्मिएको खबरले सबैलाई आश्चर्य चकित बनाएको थियो । चिकित्सकहरु उक्त बच्चाको कुन चाहीँ टाउको शल्यक्रिया गरी फाल्ने र बच्चालाई सद्धे बनाउने भन्ने चिन्तामा परेका थिए र अहिलेसम्म पनि बच्चाको शल्यक्रिया हुन सकिरहेको छैन । तर एउटा सरीरमा दुइवटा टाउको हुने समस्या अब मान्छेमा मात्र सिमित रहेन । अस्ट्रेलियामा दुइवटा टाउको भएको बिरालो जन्मिएको छ ।
अस्ट्रेलियाको पर्थमा एउटा १२ वर्षकी बिरालीले यस्तो बच्चा जन्माएकी छे जसका दुइवटा टाउका छन् । यो बेतमा ३ वटा बच्चा पाएकी उक्त बिरालीले जन्माएका अरु दुइवटा बच्चा सामान्य रहेपनि एउटा चाहीँ दुइटाउके छ । अझ अचम्मको कुरा त्यो बिरालाको बच्चाका दुबै टाउकाले समान काम गरिरहेका छन् र बिरालाको बच्चा एकैचोटी दुबै मुखबाट म्याउँ गर्छ ।

घरमा पालेको उक्त बिरालीले बच्चा जन्माउन नसकेपछि बिरालो मालिकले प्रसुतीका लागि बिरालीलाई भेटनरी अस्पताल लगेका थिए । अस्पतालका भेटेनरी डाक्टरहरुले शल्यक्रिया गरेर बिरालीको पेटबाट ३ वटा बच्चा निकाले । तर एउटा बच्चाका दुइवटा टाउका देखेपछि उनीहरु पनि छक्क परे ।
शल्यक्रियामा संलग्न नर्श लुइसा बर्गेस आफुले दइवटा पुच्छर तथा बढि खुट्टा भएको बिरालो देखेको भएपनि दुइटाउके बिरालो पहिलोपटक देखेका बताइन् । नयाँ जन्मिएको दुइटाउके बिरालोको नाम अझै राखिएको छैन र बिरालो मालिकले यसको नाम क्वासी मोडो राख्ने सोँच बनाएका छन् ।

No comments:

Post a Comment