फेसबुकले मानिसहरुलाई आत्महत्याबाट बचाउन नयाँ व्यवस्था सुरु गरेको छ, जसको माध्यमबाट काउन्सलसँग अनलाइनमा च्याट गर्न सकिन्छ । फेसबुकका प्रवक्ता फ्रेडरिक वोलन्सले भनेका छन्-हरेक रिपोर्टका साथ एक विकल्प दिइने छ, जसमा क्लिक गर्नासाथ कम्पनीलाई सामाग्री लेख्ने व्यक्ति आत्महत्या गर्ने सोचमा छ ।’

उनका अनुसार कोही व्यक्तिले आफ्नो साथीको व्यवहारका बारेमा जानकारी दिए उक्त व्यक्तिलाई पनि सन्देश दिइनेछ, जसले समस्या सुल्झाउनेतर्फ आवश्यक कदम चाल्न सकिनेछ ।’ फेसबुकको लाखौं प्रयोगकर्ता छ र कयौं पटक मानिसहरुले फेसबुकमा आत्माहत्या गर्नु अघि टिप्पणी गरेका छन् । तत्कालका लागि यो सुविधा अमेरिका र क्यानडामा मात्र छ ।
अमेरिकामा हरेक दिन औसमा सय जनाले आत्महत्या गर्ने गरेका छन् । गत वर्षमात्र १८ वर्षभन्दामाथिका करिव ८० लाखले आत्महत्याको बारेमा सोचेको विभिन्न अध्ययनले देखाएको छ ।
No comments:
Post a Comment