सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 15, 2011

शान्तिप्रक्रिया प्रधानमन्त्रीको टेवलमाः नेपाल

२९ मंसिर, दोलखा ।
 एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शान्तिप्रक्रिया प्रधानमन्त्रीको टेवलमा थन्किएको बताउनुभएको छ ।
दोलखाको चरिकोटमा बिहीबार बिहान आयोजित एक कार्यक्रममा नेता नेपालले प्रधानमन्त्रीले पार्टी भित्रको विवादलाई देखाएर शान्तिप्रक्रियाका बाँकी काम अगाडि नबढाएको आरोप लगाउनुभयो । माओवादीले आफ्नो पुरानो बाचाअनुसार मंसिर मसान्तसम्ममा सक्ने भनेको शान्ति प्रक्रियाका काम नगरेर बेइमानी प्रदर्शन गरेको आरोप नेपालको थियो ।
सहमति भएअनुसार ६ हजार ५ सय भन्दा बढी माओवादी सेनाका लडाकुहरुको समायोजन हुनै नसक्ने नेपालले बताउनुभयो । लडाकुलाई छिट्टै नेपाली सेनाको जिम्मा लगाउन नेपालले माओवादी नेतृत्वसँग आग्रह गर्नुभयो ।

No comments:

Post a Comment