सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 9, 2011

नामावली बुझाउन देउवालाई कोइरालाको अल्टिमेटम

काठमाडौं , मंसिर २३ -
 कांग्रेस सभापति सुशील कोइरालाले दुवै पक्षलाई समेटेर पार्टीको विभाग र भातृसंस्थाका महाधिवेशन तयारी समिति बनाउन नेता शेरवहादुर देउवासँग उनी पक्षीय नामावली बुझाउन मंसिर मसान्तसम्मको समय दिएका छन् ।
कोइरालाले विहीबार अपरान्ह उनकै निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकमा यसबारे जानकारी गराउँदै नामावली नआए आफ्नो ढंगले अघि बढ्ने समेत बताएका छन् । कोइराला निकट एक केन्द्रीय सदस्यका अनुसार उनले मंसिर मसान्तपछि आफू नपर्खने उल्लेख गरेका छन् ।

No comments:

Post a Comment