सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, December 4, 2011

सुँगुरसँग महिला कलाकारको सहबास (फोटो फिचर सहित)

सुँगर अर्थात फोहोरमा बस्ने जन्तु । सुँगुरको खोर सफा गर्न समेत गन्हाएर धौ धौ हुन्छ । तर अमेरिकामा एक जना महिला कलाकार भने सुँगरसँगै खोरभित्र बस्न सुरु गरेकी छिन् । त्यो पनि नांगै । अमेरिकाको बासेल मियामी आर्ट ग्यालरीमा बनाइएको सुँगुरको खोरभित्र महिला कलाकार मिरु किमले सुँगरसँगको १ सय ४ घण्टे बसाइ सुरु गरेकी हुन् ।
आर्ट ग्यालरीमा सिसाको खोरभित्र दुइवटा सुँगुर सागै कलाकार मिरु नांगै बसेकी छिन् । उनी कहिले सुँगुर सँगै सुत्ने गर्छिन् त कहिले उठेर उनीहरुको चर्तिकला हेर्ने गर्छिन् । आर्ट ग्यालरीमा जाने दर्शकहरु मिरुलाई सुँगुरसँग नांगै देखेर आश्चर्यमा पर्ने गरेका छन् ।
सुँगुरसँगै नांगै बस्नु आफ्नो कलाको एक पाटो रहेको भन्दै उनले आफुले सुँगुरलाई माया गर्ने र आफुलाई पनि सुँगुरले माया गर्ने बताइन् । सुँगुरसँगको बसाइले आफुलाई आफ्नो अस्तित्वबोध भएको कलाकार मिरुले बताएकी छिन् ।
चिकित्साशास्त्रकी पूर्व विद्यार्थी समेत रहेकी मिरुले सुँगुरको खोरभित्रै खाना खानेछिन् । किन यस्तो काम गरेको भन्ने प्रश्नमा मिरु भन्छिन् , ‘यसले मलाई अँध्यारो, खतरनाक काम तथा फोहोरसाग लाग्ने डर हटाउन मद्धत गर्नेछ ।’ कोरियाली मूलकी कलाकार मिरु यसअघि पनि विभिन्न आश्चर्यजनक कामका कारण चर्चामा आएकी थिइन् । उनले यसअघि बन्द भएका उद्योग, सुरुङ तथा पुलहरुमा गएर निर्वस्त्र फोटो सुट गरी सबैलाई आश्चर्यमा पार्ने गरेकी थिइन् ।




No comments:

Post a Comment