सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, December 4, 2011

नुवाकोटमा आठ महिनामा अठारजनाको हत्या

१८ मंसिर, नुवाकोट । जिल्लाको सुन्दरादेवी गाविस-४ का २३ वर्षीया रामचन्द्र श्रेष्ठले असार ८, २०६८ मा आफ्नै आमाको हत्या गरे । सातविसेमा पसल सञ्चालन गरेर बसेका रामचन्द्र घर गएका बखत ६८ वर्षीया आमा सुन्तली श्रेष्ठसँग भएको सामान्य विवादमा हत्यासम्म गर्नपछि परेनन् । घाँटी थिचेर आमाको हत्या गरी यिनले घाटीमा पासो लगाई घरभित्रै झुण्ड्याएर आत्महत्या गरेको देखाउन खेजेका थिए । आमाको हत्या गरेको स्वीकार गरिसकेका उनी साउन ५, २०६८ देखि जिल्ला अदालतको अदालतको पुर्पक्षका लागि कारागार शाखा नुवाकोटमा छन् । असार २४, २०६८ मा तुप्चे गाविस-१ का १८ वर्षीया अञ्जना तामाङले आफ्नै नवजात शिशुको हत्या गरिन् । श्रीमान् शरणबहादुर तामाङ सहितको सम्लग्नतामा उनले भर्खरै जन्मिएको शिशुलाई पानीको कुलोमा डुवाएर मारेकी थिइन् । हत्यामा सघाएका शरण पाँच हजार रुपैयाँ घरौटी रकम बुझाएर छुटेका छन् भने अञ्जना पुर्पक्षका लागि थुनामा छिन् ।

नुवाकोट जिल्लामा बितेको आठ महिनाको अवधिमा भएका १६ वटा हत्या घटनामा १८ जनाको ज्यान गएको छ । जसमा एकदिने बालकदेखि समाजमा सबैको सम्मान र माया पाएर बस्नुपर्ने वृद्ध अवस्थाका मानिससम्म छन् । भद्रुटार गाविस-४ मा फागुन १८, २०६७ मा भएको एकै परिवारको हत्या घटना देखि कार्तिक २२, २०६८ मा महाकाली गाविस-१ का ५४ वर्षीया शक्ति तामाङलाई कुटपिट गरी मारेको घटनासम्म आइपुग्दा १८ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार १६ वटा हत्त्यका घटनामा संलग्न ५१ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरीका प्रमुख नायव उपरीक्षक बालकृष्ण थापाले हत्यामा सम्लग्न अधिकांश प्रहरी नियन्त्रणमा आइसकेका छन् ।
 ’घटनालगत्तै प्रहरी संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको छ’ थापाले भन्नुभयो । अध्ययन-अनुसन्धानले अपराधमा नजिकका आफन्त र छिमेकीको संलग्नता रहेको भेटिएको छ । त्यसमा सामान्य व्यक्तिदेखि समाजमा प्रतिष्ठित हैसियत बनाइसकेकाहरु समेत रहेको प्रहरीको भनाइ छ । व्यक्तिगत इगो, छिमेकीबीच चल्ने सम्पत्तिको अस्वस्थ प्रतिष्पर्धा र इष्र्या हत्याका कारण बनेका छन् । ‘त्यसैले पनि जिल्लामा पेशेवर वा सङ्गठित हत्याका घटनाहरू छैनन् । एकैछिनको आवेग र रिसका कारण हत्या हुने गरेकोले पनि घटनाहरूमा घरेलु हतियारहरू प्रयोग भएको पाइएको छ’ थापाले भन्नुभयो । हत्यामा चुलेसी, कोदालो र खुकुरीजस्ता घरेलु हतियार प्रयोग भएको थापाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment