सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, December 4, 2011

अर्थमन्त्रीको राजीनामा माग गर्दै युवा संघद्धारा बन्दको घोषणा

१८ मंसिर, काठमाडौं ।
 नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले अर्थमन्त्री वर्षामान पुन अनन्तको राजीनामा माग गर्दै उपत्यका बन्दको घोषणा गरेको छ । युवा स्वरोजगार कोषको रकममा भएको दुरुपयोगको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै युवा संघले मंसिर २० गते उपत्यका बन्दको घोषणा गरेको हो ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा युवा संघका अध्यक्ष महेश बस्नेतले अर्थमन्त्रीको प्रत्यक्ष निर्देशनमा प्रहरीले आफूहरुको शान्तिपूर्ण जुलुसमाथि आक्रमण गरेको भन्दै अब अर्थमन्त्रीविरुद्ध प्रत्यक्ष लडाई सुरु भएको घोषणा गर्नुभयो ।
उहाँले माओवादी नेताहरु संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईको अधिनायकबादी शैलीको विरुद्ध यूवा संघ लडिरहने बताउनु भयो । उहाँले हुँदै नभएको लडाकूको नाममा माओवादीले लगेको करिब डेढ अर्ब रुपैयाँको पनि खोजी गर्ने बताउनुभयो । यूवा संघको आन्दोलनलाई दमन गर्छु भन्ने नसोच्न चेतावनी दिँदै बस्नेतले दमन गरिए देशब्यापी रुपमा कडा आन्दोलन गर्ने बताउनु भयो ।
बस्नेतले एमाले र यूवासंघले कोषको रकम दुरुपयोग गरेको प्रमाणित गरेर देखाए आफूहरुले एमालेबाटै कारवाही थाल्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो-’प्रमाण विहीन आरोप नलगाउनुस, यदि प्रमाणित भए एमालेबाटै कारवाही सुरु गर्नु हामी साथ दिन्छौ ।’

No comments:

Post a Comment