सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 6, 2011

वेभ सर्चमा आइफोन शिर्ष स्थानमा

यो वर्ष विश्वका इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा सबैभन्दा बढि के विषयमा जान्नका लागि सर्च इन्जिनमा खोजी गरेका होलान् ? किम कार्दाशिनको सेक्स टेप, सन्नी लियोनका पोर्न फिल्म वा ऐश्वर्या रायको प्रसुती ? तर एक अध्ययनले सन् २०११ मा विश्वका सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ताले कुनै सेलिब्रेटी वा कलाकारको विषयमा भन्दा एप्पलको आइफोनको विषयमा बुझ्नको लागि इन्टरनेटको सर्च इन्जिनमा खोजी गरेका छन् ।
डिजिटल मिडिया कम्पनी याहु का अनुसार किम कार्दाशिन, जेनिफर लोपेज, वा केटी पेरी को विषयमा भन्दा आइफोन र स्मार्टफोनका विषयमा जान्नका लागि आममानिस बढि उत्सुक देखिएका छन् ।
इन्टरनेटमा सबैभन्दा बढि सर्च गरिएको नाम तथा शव्दको सूचीमा यो वर्ष एप्पलको आइफोन पहिलो स्थानमा परेकेा छ । दोश्रो स्थानमा केसी एन्थोनीको नाम परेकेा छ । अमेरिकी महिला एन्थोनी आफ्नी छोरीको हत्याका कारण यो वर्ष निकै चर्चा र विवादमा आएकी थिइन् । याहु सर्च इन्जिनमा बढि सर्च गरिएको शव्दमा तेश्रो स्थानमा किम कार्दाशिनको नाम छ । त्यस्तै चौथोमा केटी पेरी, पाँचौमा जेनिफर लोपेज, रक्सी खाएर गाडि चलाएको आरोपमा जेलमा परेकी लिन्डसे लोहान छैठौँ, सातौँमा अमेरिकन आइडल, आठौँमा जेनिफर एनिस्टन, नवौँमा जापानको भुइँचालो र दशौँमा ओसामा विन लादेन भन्ने शव्द सबैभन्दा बढि सर्च गरिएको सूचिमा परेकेा छ ।

सन् २००२ यता पहिलोपटक कुनै विद्युतिय उपकरण याहुको वेब सर्चमा पहिलो नम्बरमा आएको हो । सन् २००२ मा भिडियो गेम प्लेस्टेशन २ पनि याहु को खोजी सूचिमा पहिलो नम्बरमा परेको थियो ।
सूचिमा लगातार ४ वर्षसम्म शिर्ष स्थानमा रहेकी पप गायिका बि्रटनी स्पेयर्श भने यो वर्ष सर्वाधिक खोजी गरिएकाहरुको सूचीमा पर्न असफल भएकी छिन् ।

No comments:

Post a Comment