सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 6, 2011

माओवादीले आत्मसमर्पन गर्दैनः दाहाल

रुकुम, मंसिर २० -
Puspakamak dahal
 माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका लागि माओवादीले आत्मसमर्पन नगर्ने बताएका छन् । उनले माओवादीले शान्ति प्रक्रिया टुङ्ग्याउन सम्मानजनक सहभागिता जनाउने बताए ।
रुकुम सदरमुकाम मुसीकोटमा शहिद कामी बुढाको शालिक अनावरण गर्न आएका दाहालले सम्मानजनक रुपमा लडाकुहरुको समायोजन र पुनस्थापना हुने तर आत्मसमर्पनको हिसाबले नहुने दावी गरे ।
उनले शान्ति प्रक्रियाका लागि आफ्नो पार्टी लचकताका साथ प्रस्तुत भएको पनि बताए । अध्यक्ष दाहालले शान्ति प्रक्रिया जनताको इच्छा अनुसार पुरा हुने बताए । शान्ति प्रक्रिया टुङ्ग्याउन र क्रान्ति पुरा गर्न पार्टीभित्र केही विवाद देखिएको बताउँदै उनले पार्टीलाई बिधि सम्मत तरिकाले लैजान र नयाँ ढङ्गबाट पार्टीको काम अगाडी बढाउन महाधिवेशन गरिने बताए ।
‘पार्टीको आसन्न केन्द्रीय समितिको बैठकले केही विवादको हल गर्नेछ’ उनले भने ‘त्यसपछि महाधिवेशन गरेर पार्टीलाई नयाँ स्वरुप दिईने छ ।’ केही मानिसले चाहँदैमा पार्टी नफुट्ने उनको दाबी थियो ।
राजनीतिक क्रान्तिपछि मुलकमा आर्थिक क्रान्ति आबश्यक रहेको बताउँदै दाहालले आर्थिक क्रान्तिलाई पार्टीले उच्च प्राथमिकताका साथ उठाएको बताए । देशले कामी बुढाको योगदानको प्रेरणा लिनुपर्ने दाहालको भनाई थियो ।
‘राज्यको स्वरुप बनेकै छैन,’ दाहालले भने, ‘त्यसैले हामीले शहिदको मर्यादा बिर्सिएका छौं ।’ दाहालले संघीयताको स्वरुपबारे छिट्टै टुङ्गो लाग्ने बताए । ‘संघीय नेपाल पहिचान र सामर्थ्यको आधारमा हुनेछ’ दाहालले भने, ‘हामीले चाहेको परिवर्तनको फलसमेत संघीयताले दिनेछ ।’ शान्ति प्रक्रिया जनताको त्याग र बलिदानले जन्माएको उनको भनाई थियो । दाहालले बुढा नेपाली क्रान्तिकारी आन्दोलनको उर्जाशक्ति र महान पात्र भएको पनि बताए ।

शान्ति प्रक्रियाको अधिकांश काम टुङ्गिएकाले शान्ति प्रक्रिया र संबिधान निर्माणको काम समयमै सम्पन्न हुने उनको भनाई थियो । नेपाल मगर संघ रुकुमले सालिक निर्माण गरेको हो । कार्यक्रमका लागि पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र बिष्ट र युवा तथा खेलकुद मन्त्री कमला रोकासहित माओवादीका एक दर्जन चन्दा बढि केन्द्रीय नेताहरु मुसीकोट आएका हुन् ।
उनले सदरमुकाममा शालिक अनावरणसंगै कार्यालय प्रमुख र राजनीतिक दलका नेताहरुसंग भेटघाट गरेका थिए । उनले दलहरुसंग विकास निर्माणका कामहरुमा समन्वय र सहकार्य गर्न आग्रह गरे । कार्यालय प्रमुखहरुलाई दाहालले कटिबद्ध भएर काम गर्न र जनतालाई सुशासनको प्रत्याभुती दिन निर्देशन दिए । दाहालले मंगलबारदेखि सुरु भएको पाँच दिने खेलकुद महोत्सबको समेत उद्‌घाटन गरेका थिए ।

No comments:

Post a Comment