सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 3, 2011

बम विष्फोटमा प्रहरी उपरीक्षकसहित पाँच घाइते

१७ मंसिर, इनरुवा ।
 सुनसरीको इटहरीस्थित मुख्य चोकमा शनिबार दिउँसो शक्तिशाली बम विष्फोट हुँदा प्रहरी उपरीक्षकसहित पाँचजना घाइते भएका छन् ।
अज्ञात व्यक्तिले छोडेर गएको बम निष्त्रिmय बनाउने क्रममा अचानक बिष्फोट भएको थियो । विस्फोटमा परि सुरक्षाका लागि सदरमुकाम इनरुवाबाट आएका प्रहरी उपरीक्षक राजु मानन्धरको बायाँ नलीखुट्टामा गहिरो चोट लागेको छ ।
यस्तै इटहरी-४ का २५ वर्षीय एकराज गिरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सामान्य घाइते हुनेहरुमा इटहरी-३ का २४ वर्षीय सुरेन्द्र पोख्रेल, सलकपुर मोरङका ४४ वर्षीय रितबहादुर थापा र १३ वर्षीय बालक पविन भुजेल रहेका छन् । घाइते सबैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment