सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 3, 2011

सहमतिका लागि प्रधानमन्त्री राजीनामा दिन तयारः रायमाझी

१७ मंसिर, काठमाडौं । 
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराई राजीनामा दिन तयार रहेको बताउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा माओवादी स्थायी समिति सदस्य समेत रहेका मन्त्री रायमाझीले जसको नेतृत्वमा सहमति बने पनि त्यसलाई सबैले स्वीकार गर्नु पर्ने बताउनु भयो । ‘मुलुकलाई राष्ट्रिय सहमतिको आवश्यकता छ, त्यसैले जसको नेतृत्वमा सहमति बने पनि स्वीकार गर्नु पर्छ’ उहाँले भन्नुभयो-’प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा सहमति नबने पनि आपत्ति प्रकट गर्नु हुँदैन । सहमतिका लागि उहाँ राजीनामा दिन पनि तयार हुनुहुन्छ ।’
स्थानीय निकायमा देखिएको भ्रष्टाचार रोक्न छिट्टो स्थानीय निकायको निर्वाचन गर्नु पर्ने भन्दै स्थानीय विकासमन्त्री रायमाझीले आफूले दलहरुसँगको छलफल गरेर संविधान निर्माण अघि नै निर्वाचन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताउनु भयो । ‘दलहरुबीच अनौपचारिक छलफल भईरहेको छ, अब औपचारिक छलफल हुन्छ’ उहाँले भन्नुभयो-’स्थानीय निकायको निर्वाचन गर्नु आवश्यक भईसकेको छ । दलहरुवीच सहमति बने संविधान निर्माण हुनु अघिनै निर्वाचन गर्न सकिन्छ ।’

स्थानीय निकायम राजनीतिक संयन्त्र र कर्मचारीहरुको मिलेमतोमा रकमको ब्यापक दुरुपयोग भएको भन्दै उहाँले यसलाई रोकेर दुरुपयोग गर्नेलाई कारवाही गर्न उच्च स्तरीय संयन्त्र बनाउने बताउनु भयो । आफ्नै नेतृत्वमा छापा मार्नेर् तयारी भइरहेको भन्दै मन्त्री रायमाझीले भन्नुभयो-’छापा मार्दै दोषिलाई कारवाही गर्दै अगाडि बढ्छु । दुई चार सयलाई कारवाही नगरी हुँदैन ।’

No comments:

Post a Comment