सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 13, 2011

वीरेन्द्रको सम्पत्तिबारे जानकारी दिनेलाई पुरस्कार

२६ मंसिर, काठमाडौं ।
 नेपाल ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारको नाममा स्वदेश र विदेशमा रहेको चल/अचल सम्पत्तिबारे जानकारी दिनेलाई उचित पुरस्कार दिने घोषणा गरेको छ ।
ट्रष्टका उपसचिव वीरेन्द्रबहादुर बानियाँले ट्रष्टले तयार पारेको वृत्तचित्र सार्वजनिक गर्दै वीरेन्द्र र उनका परिवारको नाममा चल/अचल सम्पत्तिबारे जानकारी दिने लाई पुरस्कार दिने बताउनु भयो ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार २०६४ मङ्सिर ६ गते स्थापना भएको नेपाल ट्रष्टले स्व. राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको चल/अचल सम्पत्तिको खोजी र संरक्षण गर्दैआएको छ ।
हालसम्म ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारका नाममा स्वदेशमा विभिन्न स्थानमा रहेको छ हजार २४४ रोपनी जग्गा पत्तालगाई एक हजार १७९ रोपनी जग्गाको जग्गाधनी प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ । त्यसैगरी स्टर्लिङ पाउन्ड ४४ हजार ११६ र नेरु १२ करोड २८ लाख ९० हजार ७३४ नगद समेत ट्रष्टको खातामा जम्मा भइसकेको बताइएको छ । रासस

No comments:

Post a Comment