सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 13, 2011

प्रचण्डले बिद्यार्थीलाई भने- ‘तपाईहरु प्रचण्ड बन्नुस’

२६ मंसिर, कीर्तिपुर । 
कहिले आफु बुद्ध बन्ने त कहिले जंगबहादुर बन्ने बताउने माओवादी अध्यक्ष प्रचण्डले सोमबार बिश्वबिद्यालयका बिद्यार्थीलाई सम्बोधन गर्दै आफुजस्तै बन्न आग्रह गरे ।
स्वतन्त्र विद्यार्थी युनियन त्रिवि कीर्तिपुरद्वारा नवगन्तुक विद्यार्थीको स्वागतार्थ आयोजित कार्यक्रममा प्रचण्डले भने-’तपाईहरुलाई गाली भनेपनि, श्राप भने पनि एउटा शुभकामना दिन्छु, तपाईहरु सबै भविश्यमा प्रचण्ड बन्नुहोस् ।’
नेतृत्वबिरुद्ध आलोचनामात्रै हुने गरेको भन्दै प्रचण्डले बिद्यार्थीमाझ दुखेसो पनि गरे । ‘तपाईहरु नेतृत्वविरुद्ध कथा, कविता र भाषण आएपछि ताली लगाउनु भयो’ उनले भने-’नेतृत्वको विरोध गर्दा ताली लागेपछि मैले कसको विरोध गर्ने ?

गाली गरेर मात्र समस्याको समाधान नहुने र नेता बन्न गाह्रो हुने भन्दै उनले गाली नगर्न आग्रह समेत गरे । नेताले जनता जन्माउने नभई जनताले नै नेता जन्माउने भन्दै प्रचण्डले भने-’नेता र नेतृत्व सबै बिगि्रए, देश विगार्ने नेतृत्वले नै हो भन्ने बुझाई छ ।’ प्रचण्डले यसो भनिरहँदा विद्यार्थीहरुले भने हो हो भन्दै ताली बजाए । ताली बजाएको सायद प्रचण्डलाई ननिको लागेर होला फेरि थपे-’के नेता जनताले जन्माउने हो ? या जनताले नेता जन्माउने हो ? धरै गाली नगर्नुस्, तपाईहरुले नै नेता जन्माएको हो ।’
प्रचण्डले जनताको बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरु संरक्षण गर्न दलहरुबीचको एकता अपरिहार्य भएको बताए । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्न एकता अपरिहार्य भएको बताउँदै विद्यमान सङ्क्रमणकालीन अवस्थाको अन्त्य चाँडै हुनुपर्ने प्रचण्डको भनाई थियो ।

No comments:

Post a Comment