सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 13, 2011

छोरी बलात्कार गर्नेलाई २ हजार कोर्रा

आफ्नै छोरीलाई बलत्कार गर्ने बाबु जत्तिको अपराधि यो दुनियामा कोही पनि हुँदैन होला । त्यस्तो मान्छेले जस्तोसुकै सजायँ पाएपनि त्यो कम नै हुन्छ । मु्ख्य कुरो उसलाई आफ्नो अपराध बोध हुने किसिमको कस्तो सजायँ दिँदा उपयुक्त होला भन्ने हो । साउदी अरेबियामा हालै यस्तो अपराधीलाई निकै अचम्मको सजायँ सुनाइएको छ । उक्त व्यक्तिलाई बलत्कारको अभियोगमा १३ वर्षको जेल सजायँ मात्र सुनाइएको छैन, अबका १३ वर्षभित्रमा उसलाई २ हजार ८० पटक कोर्रा समेत हानिनेछ ।
साउदी अरेबियाको समाचारपत्र ओकाजका अनुसार साउदी अरेबियाको मक्कास्थित एक धार्मिक अदालतले उक्त व्यक्तिलाई आफ्नी छोरीमाथि लगातार ७ वर्ष यौन अत्याचार गरेको ठहर गर्दै पछिल्लो सजायँ सुनाएको हो ।
बुवा भन्न पनि घिनलाग्दो त्यो पुरुषले छोरीलाई नशालु पदार्थ खुवाएर बलत्कार गर्दो रहेछ ।
उक्त पुरषलाई १३ वर्षभित्रमा २ हजार ८० पटक कोर्रा हान्ने सजायँ अदालतले सुनाएपनि एक दिनमा कतिपटकका दरले हान्ने भन्नेबारे भने केही खुलाइएको छैन ।
साउदी अरेबियामा धार्मिक कानुनको आधारमा अदालतले अपराधीलाई कोर्रा हान्ने सजायँ सुनाउँछ ।

No comments:

Post a Comment