सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 2, 2011

स्कुलमै सेक्सको तालिम

हाम्रो नेपालमा विद्यालयको पाठ्यक्रममा रहेको यौन र प्रजननन स्वास्थ्य सम्बन्धि पाठ पढाउन शिक्षकले लाज मान्छन् र पढाइहालेमा पनि शिक्षक र विद्यार्थी दुबैले रातो मुख पारेका हुन्छन् । यसको मतलब हामीकहाँ विद्यालयमा यौन शिक्षाको विषयमा शिक्षक र विद्यार्थीबीच खुलेर सम्वाद हुन पाउँदैन । तर विश्वमा यस्तो विद्यालय पनि छ जहाँ यौन र प्रजनन सम्बन्धि सैद्धान्तिक कुरा मात्र होइन सेक्सको तालिम समेत दिइन्छ ।
अस्ट्रीयाको राजधानी भियनामा रहेको अस्टि्रयन इन्टरनेशनल स्कुलले कक्षामै विद्यार्थीहरुलाई कसरी सुरक्षित र बढि आनन्द प्राप्त गर्ने गरी सेक्स गर्ने भन्ने कुरा सिकाउँछ ।
विद्यालयकी प्रधानाध्यापिकाका अनुसार १६ वर्ष भन्दा माथिका युवायुवतीलाई मात्र विद्यालयमा भर्ना लिने गरिएको छ । विद्यालयमा भर्ना हुन विद्यार्थीहरुले १४ सय पाउण्ड तिर्नुपर्छ ।
उनका अनुसार उक्त विद्यालय विश्वकै पहिलो व्यवहारिक सेक्स स्कुल हो जहाँ सबै कुरा प्राक्टिकल हुन्छन् ।
उक्त विद्यालयले विद्यार्थीहरुलाई सेक्स गर्ने उत्तम तरिका, आफ्नो पार्टनरलाई रिझाउने तरिका तथा सम्भोगमा चरम सन्तुष्टि लिने उपायबारे प्रयोगात्मक शिक्षा दिने गरेको छ ।
स्कुलका प्रवक्ता मेलोडी क्रिचले विद्यालयले विश्वमै अलग पहिचान स्थापित गर्ने दाबी गरेका छन् । हालै स्थापना भएको यो विद्यालय संचालन हुन अघि नै विवादमा परेको थियो ।
विद्यालयको विज्ञापनमा एक जोडिले सेक्स गर्दै गरेको तस्वीर राखिएपछि उक्त विज्ञापनलाई सरकारले रोक लगाएको थियो ।

No comments:

Post a Comment