सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 2, 2011

नेपाल दक्षिण एसियामा दोस्रो भ्रष्ट मुलुक

१५ मंसिर, काठमाडौं ।
 नेपाल दक्षिण एसियामा सर्वोधिक भ्रष्टाचार हुने दोश्रो मुलुक भएको छ । ट्रान्परेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको भ्राष्टाचार अवधारणा २०११ मा नेपाल दक्षिण एशियामा भ्रष्टाचार हुने दोस्रो मुलुक देखाइएको हो । कुल दश अंकमा नेपालले २ दशमलव २ अंक पाएको छ । ३ भन्दा कम अंक पाउने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुकको रुपमा गणना गरिन्छ ।
विश्वव्यापी सूचकांकमा नेपाल ८ स्थान तल झरेको छ । यो वर्ष अध्ययनको सूचीमा ५ देश थप गरी विश्वका १ सय ८३ देशमा गरेको सर्वेक्षणमा नेपाल १ सय ५४ स्थानमा परेको छ । अघिल्लो वर्ष १ सय ७८ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ४६ औं स्थानमा थियो ।
यस्तै अफगानिस्तान १ दशमलव ५ अंकसहित दक्षिण एसियाको सबैभन्दा भ्रष्ट मुलुक बनेको छ भने ५ दशमलव ७ अंक पाएको भुटान दक्षिण एसियाली राष्ट्रहरुमध्ये कम भ्रष्टाचार हुने मुलुक बनेको छ । यस्तै श्रीलंकाले ३ दशमलव ३, भारत ३ दशमलव १, बंगलादेश २ दशमलव ७, माल्दिभ्स २ दशमलव ५ र पाकिस्तानले २ दशमलव ५ अंक पाएको छ ।
नेपाल भ्रष्टाचार व्यप्त मुलुक हुनुमा राजनीतिक संक्रमणकालमा रहेका बेला भ्रष्टाचार नियन्त्रणमा राज्यले चासो नदिन नै प्रमुख कारण भएको ट्रान्परेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । सरकार सुशासन कायम गर्न संवेदनशीन नहुनु, राजनीतिक दल र नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्ने सम्वन्धमा आवश्यक प्रतिवद्धता एवं इच्छाशक्ति देखिन नसकेको समेत उसले बताएको छ ।

No comments:

Post a Comment