सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 2, 2011

८० लाखमा तीन जोडीको रोमान्स

नायक निरज बराल, नायिका प्रियंका कार्की र नवनायिका पूजा शर्माले ८० लाख रुपैंयामा रोमान्स गर्ने भएका छन् । उनीहरुले रोमान्स चलचित्रको पर्दा बाहिर नभएर पर्दा भित्र गर्न लागेका हुन् । यी तीन जोडीलाई ८० लाख रुपैंया खर्च गरेर रोमान्स गर्ने मौका मिलाएका हुन्, निर्देशक सुरेशदर्पण पोखरेलले ।
उनले निर्देशन गर्न लागेका नया चलचित्र ‘थ्री लभर्स’लाई ८० लाखको लगानीमा बनाउन लागिएको छ । चलचित्रमा माथि उल्लेखित तीन कलाकार मुख्य रुपमा अभिनय गर्नेछन् । यसका अलवा चलचित्रमा निशा अधिकारी, नव कलाकार सुमन गैरे लगायतको समेत अभिनय रहनेछ । चलचित्रको बिहीबार काठमाडौंमा शुभ मुहुर्त गरी छायांकन आरम्भ गरिएको छ । चलचित्र ‘थ्री लभर्स’मा अधिकांश कलाकार तथा प्राविधीक युवा रहेका छन् । युवापुस्तालाई आधार वनाएर तयार गर्न लागिएकाले पनि चलचित्रका कलाकारदेखि प्राविधीक युवा नै राखिएको निर्देशक दर्पणले बताए । ‘थ्री ब्रदर्श ईन्टरटेन्मेन्ट बेल्जियमको प्रस्तुतिमा तयार हुन लागेको यो सिनेमामा एन.आर.एन पि्रन्स श्रेष्ठको लगानी रहनेछ । चलचित्रको शुभ मुहुर्त कार्यक्रममा यसका नायक निरज बराल भने उपस्थित थिएनन् । उनी, जापानमा रहेकाले उपस्थित नभएको बताईएको छ ।
चलचित्रको शुभमुहुर्त कार्यक्रममा चलचित्र वितरक सुनिल मानन्धर, निर्माता संघका महासचिव केशव भट्टराई लगायतका चलचित्रकर्मीहरु पुगेका थिए । यो चलचित्राको छायांकनको शुभारम्भ काठमाडांैको अनामनगरमा रहेको नुतन स्टुडियोवाट गरीएको छ । चलचित्रमा राजन ईशानको संगित, शिवम् अधिकारीको पटकथा लेखन, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल के.सीको द्वन्द्व रहनेछ । यस्तै, चलचित्रमा पुनम राई, कविराज गहतराज, शंकर बीसीले नृत्य निर्देशन गर्नेछन् । पूर्णतया युवापुस्तालाई लक्षित गरी सुरुवात गरिएको यो सिनेमाले युवापुस्तालाई हलसम्म तान्ने विश्वास चलचित्र बनाउनेहरुको छ ।

No comments:

Post a Comment