सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 15, 2011

बियरको चुस्कीसँगै होटलमा जाँचिन्छ उत्तरपुस्तिका

२९ मंसिर ।
 काठमाडौँको गौशालास्थित वल्र्ड भिजन होटलको कोठा नम्बर ४ सय ६ मा बुधबार दिउँसो अचानक पाँच प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको टोली पुग्यो । छापा मार्दा भित्र कुनै लागू औषध वा हातहतियार हैन , परीक्षाका उत्तर पुस्तिकाहरु छरपष्ट थिए । ती उत्तर पुस्तिका पूर्वाञ्चल विश्वविद्यालयको स्वास्थ्य विज्ञानअन्तर्गतको नर्सिङ, बीएससी फार्मेसी, र बीपीएचलगायत प्रवेश परीक्षाका थिए ।
शनिबार र आइतबार लिइएको प्रवेश परीक्षाको उत्तर पुस्तिका उक्त होटलमा बसेर जाँचेको सूचनाका आधारमा छापा मार्दा त्यसरी फालिएका उत्तरपुस्तिकासँगै बियरका बोत्तलहरुसमेत फेला परेको आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौड्यालले जानकारी दिनुभयो । पौड्यालका अनुसार त्यसपछि टोलीले राजधानीका विभिन्न ठाउँबाट विश्वविद्यालयका डिन रामकुमार सिंह, मेडिकल कलेज गोठगाउँका शिक्षण सहायक नवीन भट्टराई, र सहप्राध्यापक मुक्तिनाथ भट्टराईलाई पक्राउ गरेको छ

मुक्तिनाथ उत्तरपुस्तिका कोडिङसमबन्धी उपसमितिका संयोजक हुन् । उपसमिति डिनकै निगरानीमा हुन्छ । पक्राउ परेका सबैलाई अखित्यारकै हिरासतमा राखिएको छ । आजको कान्तिपुर दैनिकको मुख पृष्ठमा छापिएको समाचारमा लेखिएको छ, ‘विश्वविद्यालयको कार्यकक्षमा बसेर जाँच्नुपर्ने पुस्तिका होटलमा ल्याइनुले अनियमितता भएको आशंकामा पक्राउ गरिएको हो’, पौड्यालले भने, ‘बियर पिएर उत्तरपुस्तिका जाँचिदैन ।

No comments:

Post a Comment