सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 15, 2011

एक सेकेण्डमा एक खर्ब वटा तस्वीर खिच्ने क्यामरा

मंसिर २९, 
 अमेरिकामा वैज्ञानिकहरुले विश्वमा सबैभन्दा उच्च गतिको क्यामरा निर्माण गरेका छन् । म्यासाच्युट्स इन्स्िटच्युट अफ टेक्नोलोजीको मिडिया ल्याबमा कार्यरत तीनजना वैज्ञानिकहरुले एक सेकेण्डमा १ खर्ब वटा तस्वीर खिच्न सक्ने क्यामराको आविष्कार गरेका हुन् ।
भारतीय मूलका सहप्राध्यापक रमेश रास्कर तथा एन्डि्रया वेल्टन र माउंगी बावेन्दीले यस्तो क्यामरा बनाएका हुन् ।
यसको क्षमता अहिलेसम्मको सबैभन्दा तेज टिभी क्यामरा भन्दा ४० अरब गुणा बढि छ । अहिले प्रयोग हुने सबैभन्दा धेरै क्षमताको क्यामराले एक सेकेण्डमा २५ वटासम्म तस्वीर खिच्न सक्छ ।
नयाँ आविष्कार गरिएको उक्त क्यामराले प्रकाशको गतिमा रहेको कुनैपनि वस्तुको समेत तस्वीर खिच्न सक्छ । यो क्यामरा बनाउन अढाइ लाख डलर वा २ करोड रुपैयाँ भन्दा बढि खर्च भएको छ । यो क्यामराको नाम द वल्र्ड स्लोवेस्ट फास्टेस्ट क्यामरा राखिएको छ ।
यो क्यामराले प्रकाशको सबैभन्दा सुक्ष्म तरंग (फोटोन) लाई क्याप्चर गरी डाटालाई आफ्नो सफ्टवेयरमा रेकर्ड गर्छ । यस प्रकार झण्डै एक करोड स्क्यानलाई एकत्रित गरेर पूर्ण तस्वीर बनाउँछ ।

No comments:

Post a Comment