सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 15, 2011

पत्तै नदिई पाँचवटा जहाज किन्ने सम्झौता

२९ मंसिर, काठमाण्डौ ।
 पर्यटनमन्त्री लोकेन्द्र बिष्टमगरले मन्त्रिपरिषद्लाई पत्तै नदिई चीनको एक कम्पनीसँग पाँचवटा जहाज किन्ने र तीनवटा अनुदानमा लिने समझदारी गरेका छन् ।
उनले मन्त्रिपरिषद् र अर्थ मन्त्रालयलाई समेत जानकारी नदिई गत आइतवार चिनियाँ जहाज कम्पनीसँग करिव ४ अर्ब रुपैयाँ बराबरको सम्झौता गरेको नागरिक दैनिकले छापेको छ ।
नेपाल बायुसेवा निगमका लागि १९ सिट क्षमताका ५ र ५० देखि ७० सिट क्षमताका तीनवटा जहाज लिने खरिद समझदारीमा उल्लेख छ । सवैको मूल्य ३ अर्ब ७१ करोड २५ लाख रुपैयाँ पर्छ । ५ जहाजका लागि २ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ तिर्नुपर्छ । यो सहुलियत ऋणमा किनिनेछ ।
कुनैपनि सरकारी निकायले वैदेशिक सहायता वा ऋण लिनुअघि अर्थमन्त्रालयको सहमति र मन्त्रीपरिषद्को स्वीकृति लिनैपर्छ । तर पर्यटनमन्त्री बिष्टले भने दुवै देशका उच्च सरकारी तहमा कुरा भएप्छिमात्र आफुले प्रकृया अगाडी बढाएको भन्दै यसलाई सैद्धान्तिक सहमति मात्र बताउनुभयो । आगामी मन्त्रिपरिषद् वैठकमा प्रस्ताव लैजाने र त्यो सजिलै पास हुने बिष्टको भनाई थियो ।

सम्झौतामा हस्ताक्षर गर्दा मन्त्रालयका अधिकारी र माओवादी नेता जनार्दजन शर्मा उपस्थीत थिए भने निगमका तर्फबाट कोही पनि उपस्थीत थिएनन् । चीनले सहुलियतपूर्ण ऋण र अनुदानमा जहाज दिने प्रस्ताव गरेपछि निगमले सो प्रस्तावलाई मन्त्रालयसमक्ष लगेको थियो ।

No comments:

Post a Comment