सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 16, 2011

“चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुनुमा सरकार दोषीः बैद्य पक्ष”

१ पुस, काठमाडौं ।
 सत्तारुढ एकीकृत नेकपा माओवादीको मोहन बैद्य पक्षले चिनियाँ प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमण स्थगित हुनुमा सरकार दोषी रहेको आरोप लगाएको छ ।
व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सचिव सीपी गजुरेलले सरकारको अपरिपक्कताका कारण भ्रमण स्थगित भएको बताउनु भयो ।
सचिव गजुरेलले चिनियाँ पक्षसँग सहमति नभई एकतर्फी रुपमा भ्रमणको मिति घोषणा गर्नु र भ्रमणका एजेण्डाहरु सार्वजनिक गर्नु सरकारको कमजोरी भएको बताउनु भयो । ‘दुबै देशका परराष्ट्र मन्त्रालयले संयुक्त रुपमा भ्रमणबारे जानकारी गराउने प्रचलन हुन्छ, काठमाण्डौं र बेइजिङबाट एकैसाथ भ्रमणको मिति लगायतका विवरण आउनुपथ्र्यो’ उहाँले भन्नुभयो-’तर, प्रधानमन्त्रीले बालुवाटारबाटै एकतर्फी रुपमा सार्वजनिक गरिदिनुभयो ।’

माओवादी सचिव गजुरेलले भ्रमण स्थगित हुनुको कारण खुलाउन समेत सरकारसँग माग गर्नुभयो । उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले पनि सुरक्षा व्यवस्थाबारे आश्वस्त पार्न नसकेको उहाँको अरोप छ ।

No comments:

Post a Comment