सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 16, 2011

जन्मिँदा डेढ पाउ भन्दा पनि कम !!!

अमेरिकामा एकजना महिलाले यति सानो बच्चा जन्माएकी छिन् जसको वजन जन्मिँदा डेढ पाउ भन्दा पनि कम थियो । लस एन्जल्स काउन्टी मेडिकल सेन्टरमा जन्मिएकी ती बच्चीको तौल २ सय ७० ग्राम मात्र थियो । २२ वर्षीया हैदी ल्बाराले गर्भ रहेको २४ महिनामा गएको अगष्ट ३० तारेखमा ती बच्चीलाई जन्म दिएकी हुन् । हैदी उच्च रक्तचाप बाट पीडित भएर आमा र बच्चा दुबैको ज्यान खतरामा परेपछि चिकित्सकहरुले शल्यक्रिया गरी पेटबाट बच्चीलाई निकालेका थिए ।
जन्मिँदा दुइवटा आइफोनको वजन जत्ति मात्र रहेकी ती बच्चीको स्वास्थ्य अहिले राम्रो छ र उनको नाम मेलिन्डा राखिएको छ । मेलिन्डा अहिले अस्पतालमा आकर्षणको केन्द्र बनेकी छिन् । अस्पतालमा अहिलेसम्म जन्मिएका मध्ये सबैभन्दा सानो बच्चा उनी नै रहेको बताइएको छ ।
यतिमात्र होइन मेलिन्डा विश्वमा कम तौलमा जन्मिएका बच्चामा तेश्रो स्थानमा परेकी छिन् ।
साधारण रुपमा प्रसुती हुनुभन्दा ४ महिला पहिले जन्मिएकी मेलिन्डालाई डाक्टरहरुले इन्क्युबेटरमा राखेर उपचार गरिरहेका छन् र अब उनी पूर्ण रुपमा स्वस्थ भैसकेकी छिन् । नव वर्ष सन् २०१२ को दिन मेलिन्डालाई अस्पतालबाट डिस्चार्ज गरेर घरपरिवारको जिम्मा लगाइनेछ ।

No comments:

Post a Comment