२१ मंसिर, काठमाडौं ।
अमेरिकाले नेपाललाई भ्रमणका लागि असुरक्षित मुलुकको सूचीबाट हटाएको छ । नेपालमा देखिएको सुधारको स्थितिलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले भ्रमण चेतावनी हटाएको अमेरिकी दूताबासले जनाएको छ ।
सन् २०११ जनवरी १२ मा नेपाललाई असुरक्षित देशको सूचीमा राख्दै भ्रमणमा सतर्कता अपनाउन आफ्ना नागरिकहरुलाई सचेत गराएको थियो । नेपालको समग्र स्थितिमा सुधार आएको कारण यस्तो निर्णय भएको भन्दै अमेरिकी दूतावासले खुशी समेत व्यक्त गरेको छ ।
No comments:
Post a Comment