सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 3, 2011

सत्ता कब्जा गरेरै छाड्छौं: प्रचण्ड

१७ मंसिर, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल्ल दाहाल प्रचण्डलेे सत्ता कब्जा गरेरै छाड्ने बताउनु भएको छ । तीन साना कम्युनिष्ट पार्टीसँग पार्टी एकता घोषणा गर्न शनिबार पार्टी कार्यालय कोटेश्वरमा शनिबार भएको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले माओवादीले सत्ता कब्जाको रणनीति नछोडेको बताउनुभयो ।
उहाँले शान्ति र सविधान पुरा हुन नदिने षड्यन्त्र भए जनआन्दोलनमार्फत विद्रोह गरी सत्ता कब्जा गर्ने र सविधान बने भने चुनावमार्फत सत्ता कब्जा गर्ने बताउनुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट संविधानसभा आएको भन्दै अहिलेका लागि शान्ति र नयाँ सविधान निर्माण नै मुख्य प्राथमिकतामा रहेको बताउनुभयो । अहिले नै शान्ति र सविधानको बिकल्प खोज्नु भनेको पहरामा टाउको ठोक्नु सरह हुने उहाँले भनाई छ ।
माओवादीलाई फुटाउने षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यो पुरा हुन नदिने बताउनुभयो । पार्टी उपाध्यक्ष मोहन बैद्य किरण र महासचिव रामबहादुर थापा बादलले शान्ति संविधान निर्माणबारे निर्णयमा एकपछि अर्को गर्दै फरक मत राख्दै आएको बेला प्रचण्डले भने पार्टी नेतृत्वलाई नै कमजोर पारेर क्रान्ति गर्छु भन्नु लज्जास्पद भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादीको दिलिप साह समूह, संयुक्त जनवादी मोर्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टीको गुणखर बस्यौल समूहले माओवादीसँग एकता गरेको घोषणा गरिएको थियो ।

No comments:

Post a Comment