सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 20, 2011

फेसबुक विरुद्ध मुद्धा


सोशल नेटवर्किङ साइट फेसबुक र उसका मालिक मार्क जुकरबर्ग कानुनी कारवाहीमा पर्ने सम्भावना बढेको छ । फेसबुकले आफ्नो सेवामार्फत गलत फाइदा उठाइरहेको अभियोगमा एक व्यक्तिले मुद्धा हालेपछि जुकरबर्गले कानुनी कारवाही भोग्नुपर्ने सम्भावना बढेको हो ।
खासमा, फेसबुकमा भएको लाइक गर्ने सेवा उनका लागि घाँटीको हड्डी बन्ने देखिएको छ । फेसबुक प्रयोगकर्ताले कसैको स्टाटस वा केही प्रडक्ट र फिचरमा लाइक गरेमा त्यो सूचना उसका सबै फेसबुक साथीहरुको सेयर हुन्छ । अर्थात् अरु कुनै मान्छेले लाइक गरेकै भरमा अरु मान्छेको वालमा उक्त फिचर वा प्रडक्टको एक किसिमले विज्ञापन हुनजान्छ । वास्तवमा अमेरिकाको क्यालिफोर्नियामा यस्तो काम गैरकानुनी छ ।
त्यहाँको कानुन अनुसार कुनैपनि व्यक्तिको रुची विपरित व्यवसायिक उद्धेश्यका साथ कुनै वस्तु वा सेवाको विज्ञापन पठाउनु गैरकानुनी मानिन्छ । त्यसैले फेसबुकको यहीँ लाइक फिचरको गैरकानुनी रुपमा व्यवसायिक प्रयोग गरिएको भन्दै एक व्यक्तिले क्यालिफोर्नियाको अदालतमा मुद्धा हालेका छन् ।

No comments:

Post a Comment