सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 20, 2011

मालिकको चिहानसामु कुकुरको घर

कुकुरलाई सबैभन्दा इमान्दार जनावरको रुपमा मानिन्छ । पूर्वी चिनमा रहेको एक गाउामा पालिएको एक कुकुरले समेत यस्तै बफादारिता देखाएर यो कुरालाई प्रमाणित गरिदिएको छ । साथै यसले अहिलेको स्वार्थी दुनियालाई आश्चर्यमा पारेको छ र पाठ समेत सिकाएको छ ।
आफ्ना मालिकको निधनपछि विक्षिप्त बनेको कुकुर एक महिनादेखि मालिककै चिहान सामु बसिरहेको छ । उसलाई त्यहाँबाट फर्काएर घर लैजान अरु मानिसले हजार प्रयास गरेपनि सफल हुन नसकेपछि उक्त कुकुरलाई सोही ठाउँमै घर बनाइदिने निर्णय स्थानिय बासिन्दाले गरेका छन् ।
चिनको शेनडंग प्रान्तमा रहेको पंजिआटुन गाउाका लाओ पेनले पालेको त्यस खैरो कुकुरले आफ्नो इमान्दारिता, बहादुरी र त्याग एकसाथ प्रदर्शन गरेको छ ।
६८ वर्षीय लाओको एक महिना अघि निधन भएपछि एक्लो बनेको कुकुर त्यसयता लाओको अन्तिम संस्कार गरिएको ठाउँमा बसिरहेको छ ।
बिचरा त्यो कुकुर, सायद आफ्ना मालिक त्यहाँबाट निस्किनेछन् भनेर दिनरात प्रतिक्षा गरिरहेको छ । मालिकको चिहानमा बस्न थालेपछि ऊ एकचोटी आफ्नो घर फर्किएको थियो र केही खानेकुरा लिएर फेरी सोही ठाउँमा फर्किएको थियो ।
कुकुरको यो बफादारिता र त्याग देखेर गाउँलेहरु नतमस्तक भएका छन् ।
उनीहरुले लाओको अन्तिम संस्कार गरिएको ठाउँ नजिकै उक्त कुकुरका लागि घर बनाइदिन थालेका छन् ।

No comments:

Post a Comment