सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, December 14, 2011

गुटगत राजनीति त्यागेको एमाले नेताहरुको घोषणा


२८ मंसिर, काठमाडौं । 

नेकपा एमालेका शीर्ष नेताहरुले गुटगत राजनीति त्यागेको घोषणा गरेका छन् । बुधबार पार्टी मूख्यालष् बल्खुमा आयोजित कार्यक्रममा पार्टी सुदृढिकारण तथा जनपरिचालन अभियानको घोषणा गर्दै अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले अब पार्टीलाई एकढिक्का बनाउने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्ष झलनाथ खनालले विगतका कमिकमोरीलाई सच्याएर एकढिक्का हुनुको विकल्प नभएको बताउनु भयो । एमाले पार्टी कुनै नेताको रचना नभएको भन्दै उहाँले सबैको सामूहिक बलबाट अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’पार्टी न झलनाथ, न माधव नेपाल र न केपी ओली, कसैको पनि रचना हैन ।’ नेतृत्व तहमै गुटबन्दी हुँदा कार्यकर्तामा पनि गुट देखिएको भन्दै उहाँले अब नेताहरुले नै एकता थाल्नु पर्ने बताउनु भयो । ‘हामी आफै एक नहुँदा तत्लो तहसम्म प्यानल कुरा आएको हो । विषको वृक्ष रोपेर सुन्तालाको आश नगरौं’ उहाँले भन्नुभयो-’हाम्रो गल्ती हो । हामीले नै गरेका फेरि एक हुनुपर्छ ।’

कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले ५२ सालपछि सुदृढिकरण अभियानले पार्टीलाई एक बनाएको स्मरण गर्दै अब फेरि सुदृढिकरण अभियानबाट एक हुनु पर्ने बताउनु भयो । आफू एकताका लागि तयार रहेको भन्दै नेपालले नेतृत्वले आत्माआलोचना गर्दै आचरण अनुशासन लगायतका देखिएको विकृति विसंगति सच्याउनु पर्ने बताउनु भयो ।
नेताहरुबीच भइरहेको भेटवार्ताप्रति संकेत गर्दै नेता नेपालले जसले जसलाई भेटेपनि सबको मूख्य ध्यान पार्टी एकता नै हुनु पर्ने बताउनु भयो । प्रगतिशील आन्दोलनको नेता एमाले भएको भन्दै उहाँले भन्नुभयो-’इतिहास बोकेको पार्टी भएकाले कसैले औंला ठड्याउँदैमा एमाले विचलित हुँदैन ।’
यस्तै महासचिव इश्वर पोखरेलले पार्टी सुदृढिकारण तथा जनपरिचालन अभियानले नेतृत्वमा देखिएको गुट अन्त्य हुने बताउनु भयो । अवस्थ रहेको भन्दै स्थायी समिति सदस्य केपी शर्मा ओली भने कार्यक्रम उपस्थित हुनु भएन ।
घोषित पार्टी सुदृढिकारण तथा जनपरिचालन अभियान अन्तरगत एमालेले पार्टी संगठन निर्माण, जनसम्बन्ध विस्तार, जनसभा, पार्टी छाडेका कार्यकर्तालाई ‘घर र्फक’ कार्यक्रम गर्ने लगायत छन् । एमालेले फागुन २१ गतेबाट राजधानीमा हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक अघि सम्म पार्टी सुदृढिकारण तथा जनपरिचालन अभियान सञ्चालन गर्दैछ ।

No comments:

Post a Comment