सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, December 14, 2011

बिरोलो बन्यो करोडपति

केही समयअघिसम्म इटलीको रोम सडकमा भौतारिरहेको बिरोलो अहिले एकाएक करोडपति भएको समाचारले संसार चकित भएको छ ।  सडकमा बेसाहारा जीवन बिताइरहेको बिरालो अहिले एक करोड ३० लाख डलर बराबरको मालिक भएको छ ।
रोमकी धनाढ्य बृद्धा मारिया असुन्ताले आफ्नो सवै सम्पत्ति त्यही बिरालोको नाममा छाडेर गएपछि त्यो कालो बिरालो अहिले एकाएक सेलिब्रीटी भएको छ । एक धनाढ्यकी श्रीमति असुन्ताको दुई साताअघि ९४ बर्षको उमेरमा निधन भएको थियो ।
चार बर्ष उमेरको टम्मासो नामको सो बिरोलोलाई असुन्ताले आफुलाई हेरचाह गर्ने कामदारमार्फत सो सम्पत्ति हस्तान्तरण गरेकी हुन् । निसन्तान असुन्ताले टम्मासोलाई हेरचाह गर्ने मानिस खोजेकी थिइन् । तर बिरोलो हेरचाह गर्ने उपयुक्त मानिस नभेटेपछि उनले आफ्नो हेरचाह गर्ने सुसारे स्टेफनियालाई नै सो जिम्मेवारी दिंदै सम्पत्ति बिरालोको नाममा हुने इच्छापत्र दिइन् । उनकी वकिलले बिरोलोको हेरचाहका लागि स्टेफनिया उपयुक्त ब्यक्ति भएकी बताइन् ।

स्टेफनिया असुन्ताको घरमा जाने र बिरालो पनि उनीसँग रमाउने भएकाले स्टेफनिया उपयुक्त ब्यक्ति भएको वकिलको तर्क छ । स्टेफनियालाई एक करोड तीस लाख सम्पत्ति लुटिएलाकी भन्ने डर छ, जसले गर्दा उनी आफ्नो पहिचान खुलाउन चाहंदिनन् । हाल उनी आफ्नो एक बिरालो र टम्मासोका साथ रोमभन्दा बाहिर बसिरहेकी छिन् ।
टम्मासो बिश्वको तेस्रो धनी जनावर हो भने बिश्वको सवैभन्दा धनी बिरालो । यसअघि कालु नामको चिम्पान्जीलाई आफ्नो मालिकले आठ करोड डलर छाडेर गएका थिए भने एउटा जर्मन कुकुरको सम्पत्ति ३० करोड २० लाख डलर रहेको बताइएको छ ।

No comments:

Post a Comment