सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 15, 2011

ताप्लेजुङमा फेरि भूकम्प गयो

२९ मंसिर, ताप्लेजुङ ।
 ताप्लेजुङमा गएराति २ बजेर तीन मिनेटमा भूकम्प गएको छ ।
कञ्चनजंघा हिमाललाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसअघि गत असोज १ गते सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ९ रेक्टर स्केलको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।

No comments:

Post a Comment