सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 15, 2011

कक्षा ११ को नतिजा सार्वजनिक, ३९ प्रतिशत उत्तीर्ण

भक्तपुर, मंसिर २९ -
 उच्च माध्यमिक शिक्षा परिषद्ले बिहीबार राति कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष  नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ४० प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।
परीक्षामा नियमिततर्फ एक लाख १५ हजार ९ सय ६८ र आंशिकतर्फ ५९ हजार ८ सय ९० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ९९ हजार ७ सय २७ र आंशिकतर्फ १ लाख ४८ हजार ६ सय १६ विद्यार्थी सहभागी थिए ।
परिषद्का अनुसार ९ सय ३५ विद्यार्थीको परीक्षा रद्द भएको छ भने ३३ जनाको स्थगित भएको छ । परीक्षा गत जेठ महिनामा भएको थियो ।
अघिल्लो वर्ष भने नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

No comments:

Post a Comment