सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 16, 2011

लिंगमा सुइ मार्ने केटी फन्दामा

अमेरिकाको न्यु जर्सीकी कासिया रिवेरा नामकी युवती एक युवकको लिंगमा हानिकारक सुइ लगाइदिएर हत्या गरेको मामिलामा दोषी ठहर भएकी छिन् । २२ वर्षका युवक जस्टिन स्ट्रीटको लिंगमा हानिकारक सिलिकट सुइँ लगाइदिएका कारण ती युवकको मृत्यु भएपछि रिवेरालाई हत्या आरोप लागेको थियो ।
वास्वतमा रिवेराले आफ्नो घरमा पुरुषको लिंग बढाइदिने उपचार गर्दै आएकी रहेछिन् । त्यो थाहा पाएपछि जस्टिन आफ्नो लिंगको आकार बढाउन भन्दै उनीकहाँ गएछन् । त्यसपछि रिवेराले जस्टिनको लिंगको टुप्पोमा सिलिकनको इन्जेक्सन लगाइदिइन् ।
गएको मे ६ तारिखमा लिंगमा सुइ लगाएका जस्टिनको अर्को दिन नै मृत्यु भयो । मेडिकल रिपोर्टमा सिलिकनको कारण उनको ज्यान गएको पाइएपछि रिवेरा फन्दामा परेकी हुन् । रिवेरामाथि अवैध तरिकाले चिकित्सा प्रयोग गरेको र अन्जानमा हत्या गरेको आरोप लागेको छ । दोषी ठहर भएपछि जेलमा हालिएकी रिवेरा ७५ हजार डलर जमानतमा अहिले रिहा त भएकी छिन् र उनीमाथिको मुद्धाको अन्तिम फैसला हुँदा के सजाया पाउनेहुन् त्यो हेर्न बाँकी छ ।

No comments:

Post a Comment