सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 15, 2011

मेरो कार्यकालमै जहाज आउँछः पर्यटनमन्त्री

२९ मंसिर, काठमाडौं ।
 पर्यटनमन्त्री लोकेन्द्र विष्टले आफ्नो कार्यकाल भित्रै आठ-नौ वटा जहाज ल्याउने दावी गर्नु भएको छ । बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री विष्टले भन्नुभयो-’कम्तिमा पनि ३, ठिक्क हुदाँ ८-९ वटा र आवश्यक पर्दा १ दर्जन जहाज ल्याउँछु ।’
जहाज खरिदका लागि आफूले राजनीतिक सहमति गरेर बाटो खोल्ने हिसावमा सैद्धान्तिक सहमति दिएको भन्दै उहाँले भन्नुभयो-’जहाज आउँछ, यो कुरामा ढुक्क हुुनुस्, म सिधा कुरा गर्ने मान्छे, कि गर्छु कि मर्छु ।’
उहाँले जहाज खरिद प्रक्रियामा कमिसनको कुनै खेल नहुने दावी गर्दै जहाज खरिदको सम्झौता सार्वजनिक र पारदर्शी रुपमा शीर्ष नेतादेखि सबै सरोकारवालालाई राखेर गर्ने जानकारी दिनुभयो ।
जहाज ल्याउँदा सबै प्रक्रिया पुर्याएरै ल्याउने भन्दै उहाँले अहिलेसम्म प्रक्रिया अनुसार नै काम अगाडि बढाएको बताउनु भयो । चिनियाँ जहाज उपयूक्त नभएको भनि आएको समाचारको खण्डन गर्दै उहाँले प्राविधिकले नै उपयूक्त भनेर प्रतिबेदन दिएअनुसार नै काम भएको बताउनु भयो ।
उहाँले अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग सहमति लिएर जहाज खरिदका लागि चिनियाँ पक्षसँग सम्झौता गरिएको दावी गर्नुभयो ।

No comments:

Post a Comment