सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, December 18, 2011

१९ हजार डलरमा बिक्यो माइकल ज्याक्सनको ऐना

२ वर्षअघि निधन भएका अमेरिकी पपस्टार माइकल ज्याक्सनको निवासका सामान लिलाम गरिएको छ । लिलामीको क्रममा उनले प्रयोग गरेको ऐना १९ हजार डलरमा बिक्रि भएको छ । ज्याक्सनको बेडरुममा रहेको उक्त ऐनामा उनले आफ्नो अन्तिम महिला केही प्रेरक सन्देशहरु लेखेका थिए । उक्त ऐनामा प्रशिक्षण, निपुर्णता, मार्च, अप्रैल र पूरा मे महिना भन्ने लेखिएको थियो ।
फोनबाट गरिएको लिलाम बढाबढमा भर्जिनियाका एक व्यक्तिले बेडरुमको उक्त ऐनामा सबैभन्दा बढि रकम बोलेर खरिद गरे ।
ज्याक्सनले प्रयोग गरेका अन्य सामान किन्न चाहनेहरुको संख्या पनि निकै धेरै देखिएको छ ।
लस एन्जल्सको होल्म्बी हिल्समा रहेको उक्त घरमा ज्याक्सनको सन् २००९, जुन २५ मा निधन भएको थियो । ज्याक्सन उक्त घरमा भाडामा बस्दै आएका थिए ।
बढि औषधिका कारण ज्याक्सनको मृत्यु भएकोमा लापरवाही गरेको भन्दै उनका निजि चिकित्सकलाई हालै जेल सजाय दिइएको छ ।

No comments:

Post a Comment